FAQs Complain Problems

FAQ

उपभोक्ता समितिले भुक्तानीको लागि फाईल पेशगर्दा के के पेश गर्नुपर्नेछ ?

उपभोक्ता समितिले भुक्तानीको लागि फाईल पेशगर्दा तपशिल वमोजिम कागजातहरु क्रमश मिलाई पेश गर्नुपर्नेछ :-

योजना सम्झौता गर्दा चाहिने आवश्यक कागजात केके हुन् ?

 १- योजना पुस्तिकामा आफ्नो योजनाको विवरण रहेको पेजको प्रतिलिपी

२- योजना सम्झौता गरिदिने व्यहोराको निवेदन

३- योजना सम्झौता फाराम

४- योजनाको प्राविधिक लागत अनुमान  फाराम

५- वडा कार्यालयको सिफारिस पत्र

६- प्राविधिक कर्मचारीले योजना सम्झौता पूर्व भर्ने फाराम

७- योजना सम्झौता गर्न जाने सम्बन्धी समितिको निर्णयको प्रतिलिपि

८- उपभोक्ता समिति तथा अनुगमन समिति गठनभएको भेलाको निर्णयको प्रतिलिपि

९-उपभोक्ता समितिका पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि

मैले ब्यवसाय दर्ता सिफारिस लिन चाहान्छु तेस्को लागि केके चाहिन्छ होला ?

  • १) निवेदन पत्र
  • २) व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
  • ३) आफ्नै  घर भए चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
  • ४) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि
  • ५)दुई प्रति पासपोर्ट साइजको फोटो

नाम फरक परेको ले सोहि व्यक्ति फरक होइन भनि सिफारिसको लागि के गर्नु पर्छ ?

  • १) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
  • २) नाम फरक परेको पुष्टि गर्ने प्रमाणित कागजतहरु
  • ३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात
  • ४) सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नु पर्ने
  • ५) आवश्यकता अनुसार स्थानीय प्रहरी र्सजमिनकामुचुल्काको प्रतिवेदन माग गर्न सक्ने

 

मृतक सँगको नाता प्रमाणित गर्नको लागि के गर्नु पर्छ ?

१)निवेदनतथानाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि २० हकदारहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३) मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि ४) मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

५) हकवाला नावालक भए जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि

६) वसार्ँइसरी आएको हकमा बर्साईसर्राईको प्रतिलिपि

७) हकदारहरुको पासपोर्ट र्साईजको फोटो ४ प्रति

८)स्थानीय र्सजमिन मुचुल्का

९)आवश्यकताअनुसार स्थानीय प्रहरी र्सजमिनमुचुल्का

घर जग्गा नामसारी सिफारिसको लागि केके आवस्यकता पर्दछ ?

१) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन

२)निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३) मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि

४) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि

५) र्सजमिन मुचुल्का गरी बुझ्नु पर्ने भए र्सजमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

६) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद