समाचार
ग्यालरी
झिमरुक गाउँपालिकाको आ.व. २०८१/८२ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई तथा मध्यावधि समिक्षा कार्यक्रमका केही तस्विरहरु
झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । बुधबार झिमरुक गाउँपालिकाको सभा हलमा भएको कार्यक्रममा आर्थिक वर्षमा सम्पादन गरेका कामको प्रभावकारिता तथा नागरिक सन्तुष्टि तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो ।
झिमरुक गाउँपालिका प्यूठान र प्रस्तावित नरेन्द्र गायत्री आखाँ अस्पताल प्यूठान नगरपालिका विच झिमरुक गाउँपालिकामा रहेका ६० वर्ष माथिका ज्येष्ठ नागरिक र झिमरक गाउँपालिकामा रहेमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको उपचार र वन्दोवस्त गर्नको लागि झिमरुक गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विकास के.सी. र प्रस्तावित नरेन्द्र गायत्री आखाँ अस्पताल प्यूठानका कार्यालय प्रमुख सुजाता भण्डारीको रोहवरमा प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजाल र व्यवस्थापक समितिका सदस्य श्री अर्जुन कुमार कक्षपति विच सम्झौता गरियो।
गोर्खा वेल्फेयर टष्ट्र नेपाल उत्थानशील खानेपानी सरसफाई तथा विपद् तयारी कार्यक्रम र झिमरुक गाउँपालिका विच सहभागितात्मक र साझेदारिताको अवधारणा कार्यान्वयनको लागि झिमरुक गाउँपलिका अध्यक्ष पित वहादुर महतरा क्षेत्री र कार्यक्रम तर्फबाट प्रतिनिधि श्री प्रितम थापा विच दुई पक्षिय सम्झौता हस्तान्तरण गरिदै।