FAQs Complain Problems

झिमरुक गाउँपालिकाको परिचय

झिमरुक गाउँपालिका नेपालको प्रदेश न ५ अन्तर्गत प्युठान जिल्लामा रहेको छ | झिमरुक गाउँपालिकाको स्थापना नेपालको संविधानको धारा २९५ को उपधारा (३) बमोजिम गठित गाउँपालिका, नगरपालिका तथा बिशेष संर िक्षत वा  स्वायत  क्षेत्रको संख्या तथा सीमाना  निर्धारण आयोगले मिति २०७३/०९/२२ मा पेश गरेको प्रतिवेदन र नेपाल सरकारको मिति २०७३/१०/२२ को निर्णयअनुसार माननीय संघिय मामिला तथा स्थानीय विकास मन्त्रीको संयोजकत्वमा गठित  समितिले मिति २०७३/११/२० मा पेश गरेको प्रतिवेदनको आधारमा   नेपाल सरकारले मिति २०७३/११/२२ मा साबिकका ओखरकोट , बाँदिकोट, वांगेमरोठ , तोरबा‌ङ र तुषारा गा. वि. स गरि ५ वटा गा. वि. स र लिवाङ गा. वि. स का ७, ८, र ९ वडा  समावेश गरी  भएको हो | यस गाउँपालिकामा हाल ८ वटा वडाहरु कायम गरिएको छ । झिमरुक गाउँपालिकाको पूर्वमा गुल्मी जिल्ला पर्दछ भने, पश्चिममा  नौबहिनी गाउँपालिका र प्यूठान न.पा. पर्दछ, उत्तरमा झिमरुक गाउँपालिमा र नौबहिनी गाउँपालिका पर्दछन् र दक्षिणमा प्यूठान न.पा., मल्लरानी गाउँपालिका र अर्घाखाँची जिल्ला पर्दछन् । भौगोलिक हिसाबले ८२ ड्रि्री ५४ मिनेट ३५.७६ सेकेण्ड देखि ८३ ड्रि्री ३ मिनेट ३६.०३ सकेण्ड पूर्वी देशान्तर र २८ ड्रि्री ६ मिनेट ७.१९ देखि २८ ड्रि्री ११ मिनेट ४८.३१ सेकेण्ड उत्तरी अक्षांशमा अवस्थित झिमरुक गाउँपालिका  लुम्बिनी प्रदेशको करीब १०६.९३ व.कि.मी. क्षेत्रफल रहेको छ । झिमरुकको अधिकतम तापक्रम ४६ ड्रि्री, न्युनतम तापक्रम ० ड्रि्री रहेको पाईन्छ ।  

शैक्षिक अबस्था 


सामुदायिक र संस्थागत गरी  १०  वटा मावि, ८ वटा निमावि र ३६ वटा प्रावि गरी जम्मा ५३ वटा शिक्षण संस्थाहरु संचालित छन् 

भौगोलिक अवस्थिति 


प्यूठान जिल्लामा अवस्थित करीब १०६.९३ व.कि.मी. क्षेत्रफल रहेको झिमरुक गाउँपालिकाको पूर्वमा गुल्मी जिल्ला पर्दछ भने, पश्चिममा नौबहिनी गाउँपालिका र प्यूठान न.पा. पर्दछ, उत्तरमा झिमरुक गाउँपालिमा र नौबहिनी गाउँपालिका पर्दछन् र दक्षिणमा प्यूठान न.पा., मल्लरानी गाउँपालिका र अर्घर्ााँचि जिल्ला पर्दछन् । जंगल तथा जलाधार क्षेत्रको कमि नभएको यस गाउँपालिकाको परिसरमा सानाठूला गरी आधा दर्जन भन्दा बढी खोला तथा नदीहरु रहेका छन् ।  
यो झिमरुक गाउँपालिका मिती २०७३/११/२२ गते नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बाट झिमरुक  गाउँपालिका रहन गएको हो । यो समुन्द्री सतह ८६८ देखि २१९९ मि. को उचाईमा, काठमाडौँदेखि लगभग ४२४ कि.मि. को दूरीमा स्थित छ । झिमरुक गाउँपालिकामा कूल ८ वडा रहेका छ ।