समाचार
२ नं. वडा
झिमरुक गाउँपालिकामा भएको २ नं. वडा साबिकका बाँदिकोट ३ र ७ मिलि बनेको छ । २ नं. वडा झिमरुक गाउँपालिका देखि पूर्व दिशामा पर्दछ । यस वडामा जम्मा ६११ घरधुरी छन । यस वडामा जम्मा २८५० जना जनसंख्या रह्रेको छ ।जिल्ला समन्व समिति प्यूठान २०७३ अनुसार यस वडा बाट गाउँपालिकाको केन्द्रमा पुग्न एक घण्टा र केन्द्रबाट वडा कार्यालयमा फर्कन दुइ घण्टा समय लाग्छ । २ नं. वडाका बजारी क्षेत्रहरू ढाँड,मच्छी, बादुला हुन् । २ नं. वडामा निजि र सरकारी बिद्यालय गरि जम्मा ८ बिद्यालय रहेका छन । जस मध्ये २ वटा आधारभुत बिद्यालय र ६ माध्यमिक बिद्यालय रहेका छन ।यस वडा बाट स्थानीय तहको चुनाब २०७४ मा अध्यक्षको रुपमा वल वहादुर एम.सी. निर्वाचित हुनु भएको छ ।
Population:
२८५०
Ward Contact Number:
९८५७८३३९९४