FAQs Complain Problems

वडा कार्यालयहरु

वडा नं. १ साबिक बांगेमरोट गाविसका वडा नं. ६-९ र बाँदिकोट ८ र ९ वडाहरु मिलेर बनेको छ । वडा नं. २ साबिक बाँदिकोट गाविसका ३ देखि ७ नं. वडाहरु मिलि बनेको छ । वडा नं. ३ साबिक ओखरकोट गाविसका वडा ५ र ६ अनि साबिक बाँदिकोट गाविसका वडा १ र २ मिलेर बनेको छ । वडा नं. ४ साबिक बांगेमरोट गाविसका वडा १-५ र ओखरकोट गाविसका ८ र ९ वडाहरु मिलेर बनेको छ । वडा नं. ५ साबिक ओखरकोट गाविसका १-४ र ७ नं. वडाहरु मिलेर बनेको छ । वडा नं. ६ साबिक तोरबांग गाविसका १-९ सम्मका वडाहरु मिलेर बनेको छ । वडा नं. ७ साबिक तुषारा गाविसका २-९ सम्मका वडाहरु मिलेर बनेको छ । तेसै गरि वडा नं. ८ साबिक लिबांग गाविसका ६-९ र साविक तुषारा गाविसको १ नं. वडा मिलेर बनेको छ ।