FAQs Complain Problems

झिमरुक गाउँपालिका वडा नं. ५

झिमरुक गाउँपालिकामा भएको  ५ नं. वडा  साबिकका ओखरकोट १-४ र ७ मिलि बनेको छ । ५  नं. वडा झिमरुक गाउँपालिका देखि मध्य दिशामा पर्दछ । यस वडामा जम्मा ६१७ घरधुरी छन । यस वडामा जम्मा २९९१ जना जनसंख्या रह्रेको छ ।जिल्ला समन्व समिति प्यूठान २०७३ अनुसार  यस वडा बाट गाउँपालिकाको केन्द्रमा पुग्न एक घण्टा र केन्द्रबाट वडा कार्यालयमा फर्कन दुइ घण्टा  समय लाग्छ । ५ नं. वडाका बजारी क्षेत्रहरू  ढाँड,मच्छी, बादुला हुन् । ५ नं. वडामा निजि  र सरकारी बिद्यालय गरि जम्मा ५ बिद्यालय रहेका छन । जस मध्ये ३ वटा आधारभुत बिद्यालय र २ माध्यमिक बिद्यालय रहेका छन ।यस वडा बाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा दधिराम पोख्रेल निर्वाचित हुनु भएको छ ।

Population: 
२९९१
Ward Contact Number: 
९८४७८६६४९४