समाचार
झिमरुक गाउँपालिकाको आ.व.२०७९/८० र २०८०/८१ को सार्वजनिक सुनुवाई कार्यक्रम
झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । बुधबार झिमरुक गाउँपालिकाको सभा हलमा भएको कार्यक्रममा आर्थिक वर्षमा सम्पादन गरेका कामको प्रभावकारिता तथा नागरिक सन्तुष्टि तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो ।
झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्री ज्यूको अध्यक्षतामा संचालन गरिएको उक्त कार्यक्रममा उपाध्यक्ष प्रमोद पोख्रेल, प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर थापा, वडा अध्यक्षहरु, जनप्रतिनिधि, गाउँपालिका भित्र रहेका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सामाजिक संघ संस्था, राजनैतिक दलका प्रतिनिधि, प्रहरी, रेडक्रस, पत्रकार, कर्मचारी, बुद्धिजिबि, ब्यापारी, होटल व्यवसायी युवा लगाएत स्थानीय गाउँबासीहरुको उपस्थिति रहेको थियो ।
झिमरुक गाउँपालिकाको आयोजना तथा संघर्ष मिडिया प्रालिको सहजिकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर थापाज्यूले आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ भएगरेको प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो भने सहभागीहरुले गाउँपालिकाको समसामयिक गतिविधि, विकास निर्माण, योजना निर्माण, सेवा प्रबाह लगायत अन्य विषय बस्तुहरुमा जिज्ञासा, प्रश्न तथा सुझाव राख्नु भएको थियो, साथै गापा अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्ष तथा शाखा प्रमुख हरुले उठेका सवाल तथा जिज्ञासाको जवाफ दिनुभएको थियो । कार्यक्रमको सहजीकरण बिमल पोख्रेलले गर्नुभएको थियो ।