समाचार
झिमरुक गाउँपालिका गाउँ कार्यपालिकाको तेस्रो बैठक प्रारम्भ- मिति २०७९/०६/१३ गते
झिमरुक गाउँपालिकाको कार्यालय अन्तर्गत स्वास्थ्य शाखाको समन्वयमा मिति २०७९ साल असोज ३० देखि काक्तिक १ गतेसम्म ३ दिन संचालन हुने स्वास्थ्यकर्मीहरूका लागि कोभिड- १९ भ्याक्सिनको डिजिटाईजेशन तथा क्यु.आर. कोड प्रमाणिकरण र परिमार्जित HMIS सम्वन्धी तालिम कार्यक्रमको उद्धाटन झिमरुक गाउँपालिकाका अध्यक्ष श्री पित बहादुर महतरा क्षेत्री ज्यूबाट भयो। कार्यक्रममा अध्यक्ष ज्युले स्वास्थ्यकर्मीहरूलाई आफुले गर्ने कार्यहरूको चुस्तदुरुस्त राख्ने, पेशाप्रति उत्तरदायी रहिरहने लगाएतका कुराको निर्देशन समेत दिनुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि श्री सुवाश रिजाल, स्वास्थ्य कार्यालयका कोल्टेन निरिक्षक कौशल राज वैद्य उपस्थित हुनु हुन्थ्यो । झिमरुक गाउँपालिकाका सवै स्वास्थ्य संस्थाहरुका १५ जना स्वास्थ्य कर्मीहरूलाई तालिम प्रदान गरिनेछ ।