समाचार
झिमरुक गाउँपालिकाको परिचय
"यस गाउँपालिकामा हाल ८ वटा वडाहरु कायम गरिएको छ । झिमरुक गाउँपालिकाको पुर्वमा गुल्मी जिल्ला पर्दछ भने पश्चिममा नौवहिनी गाउँपालिका र प्यूठान नगरपालिका पर्दछ । र दक्षिणमा प्यूठान नगरपालिका, मल्लरानी गाउँपालिका र अर्घखाची जिल्ला पर्दछन । भौगोलिक हिसावले ८२ डिग्री ५४ मिनेट ३५.७६ सेकेन्ड देखी ८३ डिग्री ३ मिनेट ३६.०३ सेकेन्ड पुर्वी देशान्तर र २८ डिग्री ६ मिनेट ७.१९ देखी २८ डिग्री ११ मिनेट ४८.३१ सेकेन्ड उत्तरी अक्षांससमा अवस्थित झिमरुक गाउँपालिका लुम्विनी प्रदेशको करिव १०६.९३ व.कि.मी. क्षेत्रफल रहेको छ । झिमरुकको अधिकतम तापक्रम ४६ डिग्री र न्यूनतम तापक्रम ० डिग्री रहेको पाईन्छ ।
सामुदायिक र संस्थागत गरी १३ वटा माध्यमिक विद्यालय ७ वटा निम्न माध्यमिक विद्यालय र ३३ वटा प्रावि गरि जम्मा ५३ वटा शिक्षण संस्थाहरु संचालित छन ।
प्यूठान जिल्लामा अवस्थित करीव १०६.९३ व.कि.मी. क्षेत्रफल रहेको झिमरुक गाउँपालिकाको पुर्वमा गुल्मी जिल्लाको मदाने गाउँपालिका र अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिक पर्दछन भने, पश्चिममा प्यूठान नगरपालिका पर्दछ भने उत्तरमा गौमुखी गाउँपालिका र दक्षिणमा मल्लरानी गाउँपालिका पर्दछन। जंगल तथा जलाधार क्षेत्रको कमि नभएको यस गाउँपालिकाकव परिसरमा सानाठुला गरी आधा दर्जन भन्दा बढी खोला तथा नदीहरु रहेका छन ।
।
यो झिमरुक गाउँपालिका मिति २०७३/११/२२ गते नेपाल सरकार मन्त्रिपरिषदको निर्णय बाट झिमरुक गाउँपालिका रहन गएको हो । यो समुन्द्री सतह ८६८ देखी २१९९ मि. को उचाईमा , काडमान्डौ देखी लगभग ४२४ कि.मी. दुरीमा स्थित छ । झिमरुक गाउँपालिकामा कुल ८ वटा वडाहरु रहेका छन । ।
।