FAQs Complain Problems

झिमरुक गाउँपालिका वडा नं. ८

झिमरुक गाउँपालिकामा भएको  ८ नं. वडा  साबिकका लिवाङ ७-९ र तुषारा १ मिलि बनेको छ । ८ नं. वडा झिमरुक गाउँपालिका देखि उत्तर पश्चिम दिशामा पर्दछ । यस वडामा जम्मा ५७८ घरधुरी छन । यस वडामा जम्मा २९५३  जना जनसंख्या रह्रेको छ ।जिल्ला समन्व समिति प्यूठान २०७३ अनुसार  यस वडा बाट गाउँपालिकाको केन्द्रमा पुग्न तीन घण्टा र केन्द्रबाट वडा कार्यालयमा फर्कन साढे तीन घण्टा  समय लाग्छ । ८ नं. वडाका बजारी क्षेत्रहरू  ढाँड,मच्छी, बाग्दुला हुन् । ८  नं. वडामा निजि  र सरकारी बिद्यालय गरि जम्मा ५ बिद्यालय रहेका छन । जस मध्ये ४ वटा आधारभुत बिद्यालय र १ माध्यमिक बिद्यालय रहेका छन ।यस वडा बाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा तुलस वहादुर वस्नेत निर्वाचित हुनु भएको छ ।

Population: 
२९५३
Ward Contact Number: 
९८५७८३६६८१