FAQs Complain Problems

झिमरुक गाउँपालिका वडा नं. ७

झिमरुक गाउँपालिकामा भएको  ७ नं. वडा  साबिकका तुषारा २-९ मिलि बनेको छ । ७ नं. वडा झिमरुक गाउँपालिका देखि उत्तर पश्चिम दिशामा पर्दछ । यस वडामा जम्मा १००७ घरधुरी छन । यस वडामा जम्मा ४९०२ जना जनसंख्या रह्रेको छ ।जिल्ला समन्व समिति प्यूठान २०७३ अनुसार  यस वडा बाट गाउँपालिकाको केन्द्रमा पुग्न दुइ घण्टा र केन्द्रबाट वडा कार्यालयमा फर्कन साढे दुइ घण्टा  समय लाग्छ । ७ नं. वडाका बजारी क्षेत्रहरू  ढाँड,मच्छी,  बादुला हुन् । ७ नं. वडामा निजि  र सरकारी बिद्यालय गरि जम्मा ८ बिद्यालय रहेका छन । जस मध्ये ७ वटा आधारभुत बिद्यालय र १  माध्यमिक बिद्यालय रहेका छन ।यस वडा बाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा कृष्ण वहादुर जि सी निर्वाचित हुनु भएको छ ।

Population: 
४९०२
Ward Contact Number: 
९८४७९३०१५६