FAQs Complain Problems

समाचार

झिमरुक गाउँपालिका वडा नं. ४

झिमरुक गाउँपालिका वडा न. ४

झिमरुक गाउँपालिकामा भएको   ४ नं. वडा  साबिकका बांगेमरोट १-५ र ओखरकोट ८ र ९ मिलि बनेको छ । ४  नं. वडा झिमरुक गाउँपालिका देखि दक्षिण  पूर्व दिशामा पर्दछ । यस वडामा जम्मा ६८७ घरधुरी छन । यस वडामा जम्मा ३१५१ जना जनसंख्या रह्रेको छ ।जिल्ला समन्व समिति प्यूठान २०७३ अनुसार  यस वडा बाट गाउँपालिकाको केन्द्रमा पुग्न एक घण्टा र केन्द्रबाट वडा कार्यालयमा फर्कन दुइ घण्टा  समय लाग्छ । ४ नं. वडाका बजारी क्षेत्रहरू  ढाँड,मच्छी, बादुला हुन् । ४ नं. वडामा निजि  र सरकारी बिद्यालय गरि जम्मा ६ बिद्यालय रहेका छन । जस मध्ये ५ वटा आधारभुत बिद्यालय र 1 माध्यमिक बिद्यालय रहेका छन ।यस वडा बाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा सिताराम पोख्रेल निर्वाचित हुनु भएको छ । बिस्तृत जनप्रतिनिधिहरुको विवरण तलको तालिकामा हेर्नुहोस ।

Population: 
३१५१
Ward Contact Number: 
९८४७८७७७४१