FAQs Complain Problems

समाचार

झिमरुक गाउँपालिकाको बार्षिक प्रगति प्रतिवेदन २०७४

"झिमरुक गाउँपालिकाको समृद्धिको आधार: व्यवसायिक कृषि, पर्यटन तथा वाणिज्य, सुरक्षित आवास र पूर्वाधार" भन्ने दीर्घकालिन सोचका साथ यस गाउँपालिकाले योजनाबद्ध विकासलाई अगाडि बढाइ रहेको छ । आ.व. २०७४/७५ मा पाचँ वर्षे आवधिक विकास योजना (आ.ब. २०७५/७६-२०७९/८० ) तर्जुमा भएको छ जुन आ.व. २०७५/७६ देखि​ कार्यान्यवनमा आउने छ ।  महिला, गरिव तथा वञ्‍चितिकरणमा परेका वर्गलाई विषेश प्राथमिकता दिदै समन्यायमा आधारित विकासलाई आत्मसाथ गर्दै कार्यसम्पादन गरिइएको छ ।

सीमित साधन स्रोत तथा अपर्याप्‍त जनशक्ति र पूर्वाधारको अवाभमा पनि पदाधिकारी तथा कर्मचारीको अथक प्रयासले गर्दा आ.व. 2074/075 मा उत्कृष्‍ट प्रगति हासिल भएको छ ।कूल ३६ करोड १० लाख ४४ हजार रुपैयाँ बजेट अनुमान गरिएकोमा 35 करोड ८८ लाख ६ हजार 9 सय 50 रुपैयाँ ४५ पैसा बजेट निकासा भएकोमा 31 करोड 46 लाख ९९ हजार ६६२ रुयैयाँ खर्च भएको छ । त्यसै गरी स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रममा १० लाख ६० हजार रुपैयाँ निकासा भएकोमा रु. ९ लाख ७७ हजार ६ सय ८६ रुपैयाँ खर्च भएको छ ।  बाँकि रकम मध्ये ४९ लाख ८१ हजार २ सय ७२ रुपैयाँ कोष फिर्ता गरिएको छ भने ३ करोड १२ लाख ८८ हजार ३ सय ३२ रुपैयाँ ४५ पैसा मौज्दात रहेको छ ।

कूल ४५ लाख ५१ हजार रुपैयाँ आन्तरिक राजस्व प्रक्षेपण गरिएकोमा ४५ लाख १६ हजार १ सय ९ रुपैयाँ उठेको छ । जुन लक्ष्यको 99.२३ प्रतिशत हुन आउँछ ।

वार्षिक योजना, कार्यक्रम र बजेटलाई थप प्रभावकारी र उपलब्धीमूलक बनाउन आवश्यक ऐन नियमको तर्जुमा गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, अनुगमन तथा मूल्याङ्कन प्रणालीलाई प्रभावकारी र वस्तुपरक बनाउने र आवश्य जनशक्तिको व्यवस्थापन गर्नु पर्ने देखिन्छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: