FAQs Complain Problems

समाचार

२०७४ साउन देखि २०७५ साउन महिना सम्म भएका कार्यपालिका निर्णयहरु

मिति २०७४ साल साउन २ गते बसेको झिमरुक गाउँ कार्यपालिकाको बैठकका निर्णयहरु

  1. बार्षिक वजेट तथा कार्यकमको तर्जुमा सम्बन्धि झिमरुक गाउँ कार्यपालिकाका आ.व. २०७४/७५ को बार्षिक वजेट तथा कार्यक्रम तयारी तथा तर्जुमाको लागी वडा समितिले वस्तीटोल स्तरबाट आयोजना /कार्यकम छनोट गरि प्राथमिकता निर्धारण गरि मिति २०७४/४/१५ सम्म गाउँ कार्यपालिकामा पेश गर्ने तथा राजस्व परामर्श समिति  तथा श्रोत अनुमान समिति निर्धारण गर्ने निर्णय
  2. एकल बोर्डको निर्णय तथा काम  कारबाहीहरु संसोधन तथा अनुमोदन गर्ने निर्णय
  3. झिमरुक गाउँपालिकाको कार्यालय  रहेको घरको घरभाडामासिक भुक्तानी गर्ने निर्णय
  4. झिमरुक गाउँपालिकामा रहेका कर्मचारीको करार सम्झौता गर्ने निर्णय
  5. अर्थ मन्त्रालय व.उ. शी.न. ६०२१११०३ को खर्च शिर्षक २६३२२ बाट प्राप्त पुँजीगत अनुदान अख्तियारीमा उल्लेखित कार्य गर्न कार्यकारी अधिकृतले कार्यकम बनाइ अध्यक्ष्य वाट  कार्यक्रम स्वीकृत गराई खरिद प्रक्रिया अघि बढाउने निर्णय
  6. गाउँपालिका तथा वडामा इन्टरनेट तथा टेलिफोन सेवा विस्तार गर्नको लागि  नेपाल टेलिकम तथा इन्टरनेट सेवाप्रादायक  संग माग गर्ने निर्णय
  7. गाउँकार्यपालिकाको भवन निर्माणको लागी जग्गा व्यवस्थापन समितिको निर्माण

 मिति २०७४ साल साउन १४ गते बसेको झिमरुक गाउँ कार्यपालिकाको बैठकका निर्णयहरु

  1. गाउँ कार्यपालिकाको निर्णय वा आदेश र अधिकार पत्रको प्रमाणीकरण (कार्यविधि ) नियमावली ,२०७४ , गाउँ कार्यपालिका  (कार्य विभाजन ) नियमावली २०७४ , गाउँ कार्यपालिका (कार्यसम्पादन ) नियमावली २०७४, गाउँ सभा संचालन  कार्यविधि २०७४ , गाउँ  कार्यपालिकाको बैठक संचालन सम्बन्धी कार्यविधि २०७४  पारित गर्ने निर्णय
  2. राजस्व परामर्श समितिको प्रतिवेदन , वजेट तथा कार्यक्रम तर्जुमा समिति  गठन गर्ने , २०७४/४/२३ गते गाउँ कार्यपालिका बाट बजेट तथा कार्यकम स्वीकृत गरि मिति २०७४/४/२४ को गाउँ सभाको बैठकमा पेश गर्ने निर्णय
  3. न्यायिक समिति गठन गर्ने निर्णय
  4. गाउँ कार्यपालिकाको प्रवक्ताको रुपमा गाउँ कर्यपलिकाकोक सदस्य तथा वडा नं. ५ का वडा अध्यक्ष श्री टिका बहादुर जी.सी लाइ तोक्ने निर्णय
  5. करारका प्राविधिक सहायक तथा कार्यालय सहायक पोशाक तथा चार्डपर्व खर्च दिने निर्णय

 

 मिति २०७४ साल साउन २४ गते बसेको झिमरुक गाउँ कार्यपालिकाको बैठकका निर्णयहरु

  1. वार्षिक नीति तथा कार्यक्रम सहितको वजेट तथा आर्थिक बिधेयक र बिनियोजन बिधेयक गाउँसभामा पेश गर्ने निर्णय

       मिति २०७४ साल भाद्र २ गते बसेको झिमरुक गाउँ कार्यपालिकाको बैठकका निर्णयहरु

  1. वार्षिक वजेट तथा कार्यक्रम कार्यान्वयन सम्बन्धमा योजनाहरुको कार्यान्वयन सुरु गर्ने
  2. आ.व २०७४/७५ को वजेटमा विनियोजन भए अनुसार गाउँकार्यपालिका र गाउँसभाको बैठक तथा समितिका पदाधिकारी तथा कर्मचारीहरुले प्रति बैठक  रु १००० र यातायात खर्च वापत रु ५०० , वडा समितिको बैठक वापत नियमको अधिनमा रही प्रति बैठक रु १०००  र कर्मचारीको बैठक वापत प्रतिबैठक रु १००० प्रदान गर्ने निर्णय
  3. शिक्षाको गुणस्तरियता अध्यन गरि कार्यपत्र पेश गर्न समितिको गठन गर्ने निर्णय

 मिति २०७४ साल असोज  २ गते बसेको झिमरुक गाउँ कार्यपालिकाको बैठकका निर्णयहरु

  1. झिमरुक गाउँ सभाबाट पारित वजेट अनुसार खर्च गर्ने अख्तियारी गाउँ कार्यपालिकाका कार्यकारी अधिकृतको सचिवालयलाइ दिने निर्णय
  2. आ.व २०७४/७५ को लागि यस झिमरुक गाउँपालिका भित्र मिति २०७४ श्रावण २७ गते जिल्ला दररेट समितिले निर्धारण गरेको जिल्ला दररेटलाई गाउँपालिकाको दररेट कायम राख्ने निर्णय
  3. कार्यपालिकाका समितिहरु गठन गर्ने निर्णय
  1. सार्बजनिक सेवा तथा क्षमता विकास समिति
  2. आर्थिक विकास समिति
  3. सामाजिक विकास समिति
  4. पूर्वाधार विकास समिति
  5. वातावरण तथा विपद व्यवस्थापन समिति
  6. बिधेयक समिति
  1. बजार अनुगमन तथा प्रतिवेदन गर्ने निर्णय
  2. अनुगमन समिति गठन गर्ने निर्णय

    मिति २०७४ साल कार्तिक २२ गते बसेको झिमरुक गाउँ कार्यपालिकाको बैठकका निर्णयहरु

  1. सवारी साधन भाडामा लिनको लागि प्रमुख प्रशासकीय अधिकृतको सचिवालयलाई जिम्मा दिने निर्णय
  2. कन्टिजेन्सी रकमको बाँडफाड गर्ने निर्णय
  3. सामाजिक परिचालकको व्यवस्थापन गर्ने निर्णय
  4. संस्कृति सम्बन्धको रकम बाडफाड गर्ने निर्णय

 

 मिति २०७४ साल मङ्सिर  २६ गते बसेको झिमरुक गाउँ कार्यपालिकाको बैठकका निर्णयहरु

  1. आयोजनाको फरफारक गर्ने सम्बन्धि अधिकार  स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १८ बमोजिम गाउँकार्यपालिकाको अध्यक्ष र अध्यक्षको अनुपस्थिमा प्रमुख प्रशासकीय अधिकृतलाई अधिकार दिने निर्णय

 मिति २०७४ साल पौष   २१ गते बसेको झिमरुक गाउँ कार्यपालिकाको बैठकका निर्णयहरु

  1. एकीकृत सम्पति कर सम्बन्धि तथ्यांक संकलन गर्नको लागि सामाजिक परिचालकहरुलाई २ महिना भित्र तथ्यांक उपलब्ध गराने गरि प्रतिव्यक्ति रु २५०००( अक्षरुपी पच्चीस हजार )का दरले दिने गरि कामकाजमा खटाउने निर्णय
  2. बिधुत तारपोल खरिद गर्ने निर्णय
  3. गाउँपालिकाको केन्द्रको जग्गाको लागि जग्गा दाताको नाम संकलन गर्ने निर्णय
  4. वडा नं. ८ मा बाहिरी खोप केन्द्रको निर्माणकार्य अगाडी बढाउने निर्णय

        मिति २०७४ साल माघ   १५  गते बसेको झिमरुक गाउँ कार्यपालिकाको बैठकका निर्णयहरु

  1. झिमरुक गाउँ कार्यपालिकाको मिति २०७४/६/२० को निर्णय बमोजिम झिमरुक गाउँपालिकामा ज्यालादारी रुपमा सब–इन्जिनियर (सिभिल) पदमा काम कर्मचारीहरुलाई वैठकको माइन्युट प्रमाणित भएको मिति देखि लागू हुने गरि २०७५ साल असार मसान्तसम्मको लागि करार सेवामा नियुक्तिको लागि सिफारिश गर्ने निर्णय
  2. झिमरुक गाउँ कार्यपालिकाको मिति २०७४ साउन २ गतको निर्णय बमोजिम कार्यालय सहायक पदमा नियुक्त गरिएका दामोदर उपाध्याको पद परिवर्तन गरि प्रशासन सहायक पदमा परिवर्तन गर्ने निणर्य
  3. प्युठान जिल्लामा मिति २०७४ माघ २९ देखि चल्न गहिरहेको स्वर्गद्वारी प्युठान तेस्रो महोत्सव–२०७४ को लागि प्रस्तावको आधारमा कार्यक्रम खर्चबाट भुक्तानी दिने गरी रु ५०,०००।– उपलब्ध गराउने निर्णय
  4. झिमरुक गाउँपालिका वडा नं.७ मा रहेको रातामाटा छातिपाटा मोटरवाटो पटक पटक निर्माण गर्दा कुलो पुरिन गई ठुलो क्षति हुने देखिएकोले हालका लागि मोटरवाटो निमार्ण सम्पन्न गर्न पहाड कटानका लागि साविकको उपभोक्ता समितिले नै काम  गर्ने गरी भैपरि आउने पूजीँगत शीर्षकको रकमबाट रु ३,००,०००।– अक्षरुपि रु तिन लाख विनियोजन गर्ने निर्णय
  5. अगुवा कृषक, लघुउद्यमी अनुदान लागि आ.ब २०७४/२०७५ मा विनियोजित वजेट कार्यान्वयन गर्न प्रस्ताव आव्हान, स्वीकृत र निकासा दिन प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मा दिने निर्णय
  6. आ.ब. २०७३/०७४ मा झिमरुक गाउँपालिका तथा झिमरुक गाउँपालिकामा समावेश भएका गा.वि.स.ले बैंकको सुगमताको अभाव तथा बढी लागत पर्ने  ढीलो गरी राजस्व दाखिला गरेको समर्थन गर्ने निर्णय गरियो तथा आ.ब. २०७४/०७५ को लागि ३० दिनभित्र राजस्व दाखिला गर्ने गर्न लगाउने निर्णय
  7. इलाका प्रहरी कार्यालय, मच्छी, प्यूठान (झिमरुक गाउँपालिका–५) को भवन निमार्णको लागि  आवश्यक पर्ने नारायण श्रेष्ठको जग्गाको उत्तरपट्टी पर्ने क्षेत्रफल १–०–३–१ सार्वजनिक जग्गा भोगचलन गर्न दिने  निर्णय

        मिति २०७४ साल पौष   १९  गते बसेको झिमरुक गाउँ कार्यपालिकाको बैठकका निर्णयहरु

  1. प्राविधिक   कर्मचारीको फिल्ड सुबिधा सम्बन्धि कार्यविधि, २०७४ को दफाबार छलफल गरी पारित
  2. विपद्  व्यवस्थापन तथा कोष सञ्चालन कार्यविधि सम्बन्धमा
  3. विपद् व्यवस्थापन तथा कोष सञ्चालन कार्यविधि २०७४, दफाबार छलफल गरि पारित
  4. झिमरुक गाउँपालिकाबाट आ.ब. २०७४/०७५ मा भैपरि आउने पूँजिगत रकम बाट झिमरुक गाउँपालिका ५ नं. वडा,  ढाडस्थित सामुदायिक भवनमा शौचालय निर्माण को लागि रु १,५०,०००।– अक्षेरुपी एकलाख पचास हजार रुपैया मात्र विनियोजन गर्ने निर्णय  
  5. योजना अनुगमन समिति तर्जुमा सम्बन्धमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४  अनुसार योजना तर्जुमा समिति गठन गर्ने निर्णय 
  6. शिक्षा तर्फ प्रथम तथा दोश्रो चौमासिक निकासा रकम रु. ६,३३,८२,०००।– बाट प्रथम चौमासिक तलब, भत्ता, चाडपर्व खर्च र विद्यालयका अन्य अनुदान रकम खर्च रु.३,५८,६२,७०५।– कटाई रु. २,७५,१९,२९५।– बचत रकम (विद्यालयमा जाने सम्पूर्ण शीर्षकको अनुदान)बाट शिक्षक विद्यालय कर्मचारी र बाल विकास सहजकर्ताको दोस्रो चौमासिकसम्मको तलब वापतको हुन आउने रकम   तेश्रो चौमासिकको रकम निकासा भए पछि तथा थप रकम निकासा भएपछि सोधभर्ना  गर्ने गरी शिक्षा तर्फको अन्य शीर्षकको रकमबाट समेत मिलान गरी निकासा गर्ने निर्णय
  7. एकीकृत सम्पत्ति कर सम्बन्धी तथ्याङ्क संकलन तथा योजना व्यवस्थापनका लागि साविकका सामाजिक परिचालकलाई तोकेकोमा साविक ६ नं. वडामा कार्यरत रेशमा के. एम.ले काम गर्न नसक्ने जानकारी गराएको हुँदा झिमरुक गाउँपालिका –६, बस्ने युवा ढकाललाई तोकिए कै सेवासुविधा पाउने गरी कामका खटाउन प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मा दिने निर्णय

 

      मिति २०७४ साल फाल्गुण  ९  गते बसेको झिमरुक गाउँ कार्यपालिकाको बैठकका निर्णयहरु

  1. सौर्य सडक बत्ति सम्बन्धमा नेपाल सरकार, जनसंख्या तथा वातावरण मन्त्रालय, वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्र र झिमरुक गाउँपालिकाबीच मिति २०७४/९/१२ मा भएको सम्झौता बमोजिम सौर्य सडक बत्ति जडानको लागि चालू आ.ब को लागि छुट्याइएको भैपरि आउने पूँजीगत खर्चबाट रु. ५,७१,४१०।– विनियोजन गर्ने निर्णय गरियो । साथै निमार्ण प्रक्रिया अगाडि बढाउन प्रमुख प्रशासकीय अधिकृतको सचिवालयलाई जिम्मा दिने निर्णय
  2. आर्थिक ऐन संशोधन सम्बन्धमा झिमरुक गाउँपालिकाको आर्थिक ऐन, २०७४ को अनुसूची १० मा निम्नानुसार संशोधन गर्ने गरी गाउँसभामा प्रस्ताव पेश गर्ने निर्णय
  3. झिमरुक गाउँपालिकाको राजपत्र सम्बन्धमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा ३ बमोजिमको प्रयोजनको लागि शुक्रबारको दिन झिमरुक गाउँपालिकाको वेवसाइट, गाउँपालिकाको सूचना पार्टी तथा कम्तिमा १५ प्रति प्रिन्ट गरी जानकारी गराउने निर्णय
  4. योजना संशोधन सम्बन्धमा गर्दा मिति २०७४÷११÷१३ गते दिन ११ बजेभित्र झिमरुक गाउँ कार्यपालिकाको कार्यालयमा वडा कार्यालय मार्फत आवश्यक प्रमाण तथा निर्णय सहित संशोधन गर्नु पर्ने योजना पेश गर्नुपर्ने निर्णय
  5. विद्युतको योजना कार्यान्वयन सम्बन्धमा आ.ब. २०७४÷७५ मा विद्युत तालपोल खरिद तथा विद्युतिकरणमा विभिन्न वडामा विनियोजित रकम उपभोक्ता समिति गठन गरी कामकाज गर्ने निर्णय

 

 

    मिति २०७४ साल फाल्गुण  १४   गते बसेको झिमरुक गाउँ कार्यपालिकाको बैठकका निर्णयहरु

  1. दलित सशक्तिकरणको रकम सम्बन्धमा झिमरुक गाउँपालिकाको गाउँसभाबाट आ.ब. २०७४/०७५ को लागि २ नं. वडा, ३ नं. वडा, ६ नं. वडा, ७ नं. वडा र ८ नं. वडामा दलित क्षमता विकास र जातिय विभेद विरुद्धको सचेतना कार्यक्रमको रकम एकीकृत गरि प्रस्तावका आधारमा गाउँपालिकास्तरीय कार्यक्रम सञ्चालन गर्ने निर्णय
  2. नियुक्तीको प्रक्रियामा रहेको ल्याव असिस्टेन्टको लागि आ.ब. २०७४/०७५ को लागि विनियोजित स्वास्थ्य ल्याव स्थापना शीर्षकको रकमबाट २०७५ असार मसान्तसम्मको लागि मासिक रु.१२,०००।–  पारिश्रमिक तोक्ने निर्णय
  3. गाउँ सभामा पेश गर्ने विधेयक सम्बन्धमा निम्न विधेयकहरू आगामि गाउँसभामा पेश गर्ने निर्णय
  1.  झिमरुक गाउँपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) विधेयक, २०७४
  2. झिमरुक गाउँपालिकाको सहकारी विधेयक, २०७४
  1. गाउँ सभामा पेश गर्ने प्रस्ताव सम्बन्धमा गाउँ कार्यपालिकाको तर्फबाट आगामि गाउँसभामा पेश गर्ने निर्णय

 

  1. झिमरुक गाउँपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) विधेयक, २०७४
  2. गाउँ कार्यपालिकाको वैठकका निर्णयहरूको समर्थन तथा अनुमोदन
  3. आर्थिक ऐन, २०७४ संशोधन विधेयक
  4. न्यायिक समितिको निर्वाचन 
  5. योजनाहरुको संशोधन
  6. झिमरुक गाउँपालिकाको सहकारी विधेयक, २०७४
  7. झिमरुक गाउँपालिका ८ नं. वडाको वडा केन्द्र तोक्ने

 

    मिति २०७४ साल फाल्गुण  २५  गते बसेको झिमरुक गाउँ कार्यपालिकाको बैठकका निर्णयहरु

  1. झिमरुक गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूले महिनाको कम्तिमा एक दिन झिमरुक गाउँपालिकाभित्र श्रमदान गर्ने निर्णय
  2. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १२ को उपदफा क (२) बमोजिम वडा कार्यालयले टोल विकास संस्था/समितिको गठन गरी गाउँ कार्यपालिकामा जानकारी गराउने निर्णय

    मिति २०७४ साल चैत्र  १२   गते बसेको झिमरुक गाउँ कार्यपालिकाको बैठकका निर्णयहरु

  1. शिक्षाको बजेट विनियोजन सम्बन्धमा आ.ब. २०७४/०७५ को लागि शिक्षामा गुणास्तर सुधारको लागि अनुदान शीर्षकमा विनियोजित रकमलाई आगामी गाउँसभाको बैठकमा पेश गर्ने गरी बाँडफाँड गर्ने निर्णय
  2. स्वास्थ्य प्रयोगशालाको व्यवस्थापन सम्बन्धमा झिमरुक गाउँपालिका, ओखरकोट स्वास्थ्य चौकीमा स्थापना हुन गइरहेको स्वास्थ्य प्रयोगशालामा सेवा शुल्क निर्धारण गर्ने निर्णय

    मिति २०७५ साल बैशाख ६   गते बसेको झिमरुक गाउँ कार्यपालिकाको बैठकका निर्णयहरु

  1. आर्थिक वर्ष २०७५/०७६ को बजेट तर्जुमा सम्बन्धमा निम्न समितिको गठन गर्ने निर्णय
  1. राजस्व परामर्श समितिको गठन
  2. श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति गठन
  3. बजेट तथा कार्यक्रम तर्जुमा समिति गठन
  4. विभिन्न योजनाहरु प्रदेश सरकार संग माग गर्ने निर्णय
  5. गाउँ सभा बाट अनुमोदन भइसके पछी विभिन्न योजनाहरु संसोधन गर्ने निर्णय

    मिति २०७५ साल बैशाख ३१  गते बसेको झिमरुक गाउँ कार्यपालिकाको बैठकका निर्णयहरु

  1. बजेट रकमान्तर गर्ने सम्बन्धमा कन्टिन्जेन्सी शिर्षक  अन्तर्गत कर्मचारीको ज्याला खर्च शिर्षकमा विनियोजित रकम रु १२ लाख मध्ये रु ७ लाख औषधि खरिद शिर्षकमा विनियोजित गर्ने निर्णय
  2. ५ नं. वडा कार्यालयको बचत रकम सम्बन्धमा , ५ नं वडा कार्यालय निर्माणबाट वचत बजेट रु ४ लाख गर्तंग खोला पक्कि पुल देखि झिमरुक खोला जोड्ने मोटर वाटो स्तर उन्तिमा रकमान्तर गर्ने निर्णय

     मिति २०७५ साल जेठ ६  गते बसेको झिमरुक गाउँ कार्यपालिकाको बैठकका निर्णयहरु

  1. करारमा प्राविधिक  कर्माचारी व्यबस्थापन सम्बन्धि कार्यविधि ,२०७५, झिमरुक गाउँपालिकाको “घ” वर्गको निर्माण व्यावसायी इजाजतपत्र सम्बन्धी कार्यविधि २०७५, झिमरुक गाउँपालिकाको उपभोक्ता समिति , परिचालन तथा व्यबस्थापन  कार्यविधि , २०७५  पारित गर्ने निर्णय
  2. बिस्तृत पुर्व सम्भाव्यता अध्ययन तथा पुर्व वातावारणीय परिक्षण गर्ने निर्णय
  3. भर्मण खर्च अन्तर्गत विनियोजित रकम रु १५ लाख मध्ये ५ लाख परामर्श शिर्षकमा विनियोजित गर्ने निर्णय

      मिति २०७५ साल जेठ २२  गते बसेको झिमरुक गाउँ कार्यपालिकाको बैठकका निर्णयहरु

  1. बजेट रकमान्तरण तथा व्यवस्थान गर्ने सम्बन्धि निर्णय
  2. अगुवा कृषक तथा लघु उधम अनुदान रकम बाँडफाँड गर्ने निर्णय

  मिति २०७५ साल असार  ५ गते बसेको झिमरुक गाउँ कार्यपालिकाको बैठकका निर्णयहरु

  1. बजेट तथा कार्यक्रम सम्वन्धमा बजेट तथा कार्यक्रम तर्जुमा समितिले पेश गरेको  रु      ३६,३२,०२,०००।– अक्षेरुपी छत्तिस करोड बत्तिस लाख दुई हजार बराबरको  ,आ.व.०७५÷०७६ को आय व्यय  (बजेट) ,विनियोजन विधेयक, २०७५ र आर्थिक विधेयक, २०७५ स्विकृत गरि गाउँसभामा पेश गर्ने निर्णय

     मिति २०७५ साल साउन   २  गते बसेको झिमरुक गाउँ कार्यपालिकाको बैठकका निर्णयहरु

  1. कर्मचारीको म्याद थप सम्वन्धमा हाल गाउँपालिका तथा गाउापालिकाका विभिन्न वडामा कार्यरत निम्न अनुसारका कर्मचारीहरु लाई साविककै सेवा सुबिधा र पोशाक भत्ता उपलब्ध गराउने गरि मिति २०७५ श्रावण महिनाको १ गते देखि मिति २०७६ साल असार मसान्त सम्म्को लागि म्याद थप गर्न प्रमुख प्रशासकीय अधिकृत लाई सिफारिस गर्ने निर्णय
  2. घरभाडाको  म्याद थप सम्वन्धमा हाल झिमरुक गाउँपालिकाको कार्यालय रहेको घरधनि सँग मिति २०७५ श्रावण १ गते देखि २०७६ असार मसान्त सम्म लागुहुने गरि मासिक प्रतिकोठा रु २०००। र हलभाडा मासिक ३०००। भुक्तानी गर्ने गरि सम्झौताको लागि प्रमुख प्रशासकीय अधिकृत सिफारिस गर्ने निर्णय
  3. झिमरुक गाउँपालिकाले प्रयोग गर्दै आएको सवारी साधनको सेवा शर्तको अधिनमा रहेर २०७५ साल मंगसिर सम्म भाडामा  लिने निर्णय
  4. सामाजिक परिचालकले पहिलेकै सेवा सुबिधा पाउने गरि कामकाजमा लगाउने निर्णय

    मिति २०७५ साल साउन   १०   गते बसेको झिमरुक गाउँ कार्यपालिकाको बैठकका निर्णयहरु

  1. अन्तरिम संगठन संरचना एबम दरवन्दीको उल्लेखित श्रेणी , पदमा दरबन्दी थप गर्ने निर्णय

 

आर्थिक वर्ष: